पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
From Wikipedia, the free encyclopedia
साधारण बहुमत मत प्रणाली निर्वाचनको एउटा प्रमुख विधि हो जसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ। त्यसैले यसलाई ‘सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिको विजय’ (फर्स्ट पास्ट द पोस्ट) भनिन्छ। [1] यो मतदान प्रणाली सबैभन्दा पुरानो हो। [2] यो व्यवस्था बेलायतमा तेह्रौं शताब्दीदेखि प्रचलित छ। [3]
यो प्रणाली राष्ट्रमण्डल देश र संयुक्त राज्य अमेरिकामा मतदानको साझा विधि हो। यो प्रणाली नेपालको स्थानीय तहको निर्वाचन र माथिल्लो तहको प्रतक्ष्य तर्फाको निर्वाचनमा , भारतमा लोकसभा र विधान सभाको चुनावमा प्रयोग गरिन्छ।
यो प्रणाली प्रयोग गर्न सरल, संगठित विपक्षी दलको स्थापना, जातिगत र क्षेत्रगत रुपमा सुदृढ रहेको दलको उम्मेदवार विजयी हुने संभावना वढी हुन्छ । दलको आधारमा भन्दा पनि उम्मेदवारको व्यक्तिगत मूल्यांकन गरिने आदि यसका गुण हुन् भने साना साना दलको प्रतिनिधित्व हुनवाट रोक्ने, अल्पसंख्यक जाति समुदायको प्रतिनिधित्व हुनवाट वन्चित गर्नसक्ने, व्यापक रुपमा स्वीकार्य हुने उम्मेदवारले वढी मत प्राप्त गर्ने प्रवृतिले गर्दा महिला विजयी हुने संभावना कम हुने जस्ता नकरात्मक धारणा यस प्रणालीको विपक्षमा रहेका पाइन्छ । 'सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिको विजय प्रणाली' प्रायः ठूला दलहरूको पक्षमा र कमजोर र अल्पसंख्यक दलको विरुद्धमा हुन्छ।
"समानुपातिक प्रतिनिधित्व" लाई मिसाएर मिस्रित चुनाव प्रणालीबाट यस प्रवृत्तिलाई हटाउन सुझाव दिइएको छ, तर यी सबै प्रणालीहरूको प्रयोगको लागि बहु-सदस्य मतदाता चाहिन्छ।