परमहंस योगानन्द
योगी र गुरु। / From Wikipedia, the free encyclopedia
परमहंस योगानन्द (५ जनवरी १८९३ – ७ मार्च १९५२), बीसौं शताब्दीका एक आध्यात्मिक गुरू, योगी र सन्त हुनुहुन्थ्यो । उहाँले आफ्नो अनुयायिहरूलाई क्रिया योगको उपदेश दिनुभएको थियो तथा सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गर्नुभएको थियो । योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल र इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् । योगानन्द प्रथम भारतीय गुरु हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा गरेका विभिन्न कार्यहरूलाई पश्चिमी राष्ट्रहरूमा फैलाउने कार्य गर्नुभएको थियो ।
छरितो तथ्यहरू परमहंस योगानन्दParamahansa Yogananda, व्यक्तिगत ...
परमहंस योगानन्द Paramahansa Yogananda | |
---|---|
व्यक्तिगत | |
जन्म | मुकुन्द लाल घोष (१८९३-०१-०५)५ जनवरी १८९३ [1] |
मृत्यु | ७ मार्च १९५२(1952-03-07) (उमेर ५९) मिलेनियम बाइल्टमोर होटल, लस एन्जेलस, क्यालिफोर्निया |
चिहान | फरेस्ट लन मेमोरियल पार्क |
राष्ट्रियता | भारतीय र अमेरिकी |
हस्ताक्षर | |
Order | आत्म-प्राप्ति समागम |
संस्थापक | आत्म-प्राप्ति समागम/भारतीय योगोदा सत्संग सामाज |
दर्शन | हिन्दू, क्रिया योग |
पदस्थापना | |
गुरु | युक्तेश्वर गिरी |
साहित्यिक कार्यहरू | परमहंस योगानन्द ग्रन्थसूची |
मृत्युको कारण | हृदयघात/महासमाधि |
बन्द गर्नुहोस्