नेपाल अङ्ग्रेज युद्ध
एक युद्ध / From Wikipedia, the free encyclopedia
नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ। वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा हस्ताक्षरसँगै युद्धको अन्त्य भयो, जसले नेपाली नियन्त्रित केही भूभाग इस्ट इन्डिया कम्पनीलाई सुम्पनु परेको थियो।
छरितो तथ्यहरू नेपाल अङ्ग्रेज युद्ध, मिति ...
नेपाल अङ्ग्रेज युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
भक्ति थापा (पहेँलो) नेपाली गोर्खाली सेनाको नेतृत्व गर्दै बेलायती सेना विरुद्ध | |||||||||
| |||||||||
योद्धा | |||||||||
नेपाल अधिराज्य | |||||||||
सेनापतिहरू | |||||||||
फ्रान्सिस रडन-हेस्टिङ्स
| |||||||||
शक्ति | |||||||||
११,००० भन्दा अलि बढी | |||||||||
मृत्यु र क्षति | |||||||||
अज्ञात | अज्ञात |
बन्द गर्नुहोस्
ब्रिटिस युद्ध प्रयासको नेतृत्व इस्ट इन्डिया कम्पनीले गरेको थियो र नेपाल अधिराज्यको बिरूद्ध देशी राज्यहरू (गढवाल राज्य, पटियाला राज्य र सिक्किम राज्य) को गठबन्धनले समर्थन गरेको थियो। नेपाल अधिराज्यको अधिकांश युद्ध प्रयास दुई थापा परिवार: थापा वंश र अमरसिंह थापाको परिवारले नेतृत्व गरेको थियो।