नेपाली लोक परम्परा
From Wikipedia, the free encyclopedia
लेक, पहाड, कछाड, भित्रि मधेस र तराई आदिकालदेखि वसोवास गर्दै आएका यस देशका बासिन्दाहरूले आफ्नै भाषा र आफ्नै मुटुको स्पन्दनमा आफ्ना जीवनशैलीलाई सुन्दर, सरस र सुखमय बनाउन उनीहरूद्वारा सिर्जना गरिएको मनोवैज्ञानिक अभिव्यक्तिले कालान्तरमा लोक संस्कृतिको रूप धारण गर्यो र यसैभित्र विविध लोक परम्पराहरू समावेश भएका पाइन्छन् । [1]