नेपालका तालहरूको सूची
नेपालका तालहरू / From Wikipedia, the free encyclopedia
यो पृष्ठले नेपालका कृत्रिम र प्राकृतिक ताल तथा जलाशयहरूलाई सूचीकृत गरेको छ, जुन प्रदेश अनुसार क्रमबद्ध छ।
नेपालको सबैभन्दा ठूलो ताल कर्णाली प्रदेशको रारा ताल हो। यसको लम्बाइ करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम),चौडाइ २.४ किलोमिटर तथा गहिराइ १६७ मिटर छ।[1][2] कर्णाली प्रदेशमा नै अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो, जसको गहिराई १३६ मिटर छ।[3] गण्डकी प्रदेशमा पर्ने तिलिचो ताल समुन्द्र सतहबाट ४९१९ मिटर उचाइमा रहेको नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित ताल हो। मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत परियोजनाका लागि निर्माण गरिएको इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो।