नीलगिरी लङ्गुर
From Wikipedia, the free encyclopedia
नीलगिरी लङ्गुर पुर्वजगतको बाँदरको एक प्रजाति हो जुन दक्षिण भारत स्थित पश्चिमी घाटको नीलगिरी पहाडमा बसोबास गर्छन्। यस प्रजातिको लङ्गुरको बासिन्दा दायरामा कर्नाटकको कोडागु, तमिलनाडुको कोडार पहाड, केरला तथा तमिलनाडुका अन्य धेरै पहाडी क्षेत्रहरू समावेश छन्। यस प्रजातिको लङ्गुरको काल तथा बाक्लो भुत्लाहरू हुन्छन् भने यसको टाउकोको भागमा सुनौलो खैरो रङ्गको भुत्ला हुन्छ। यस प्रजातिको लङ्गुर र खैरो लङ्गुरको शरीरको आकार तथा पुच्छरको लम्बाई लगभग बराबर हुन्छ। यस प्रजातिको लङ्गुरको पोथी जातिको साँप्राको भित्री भागको भुल्लाको रङ्ग हल्का सेतो रङ्गको हुन्छ। यस प्रजातिको लङ्गुर मुख्यतया समूहमा बस्ने गर्दछ भने एक समूहमा ९ देखि १० लङ्गुरहरू हुन्छ। यस प्रजातिको लङ्गुरले फलफूल, तथा रूखका पातहरू खाने गर्दछन्। यस प्रजातिको लङ्गुरलाई यसको भुत्ला तथा मासुका लागि मारिने भएकाले यी प्रजातिहरू यसको बासस्थान क्षेत्रमा पनि कम मात्रामा भेटिन्छन्। यस प्रजातिको लङ्गुरलाई सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। डिएनए र अन्य प्रमाणहरूले यो सुझाव दिन्छ कि नीलगिरि लङ्गुर र बैजनी रङ्गको लङ्गुर खैरो लङ्गुरसँग सम्बन्धित छ जसलाई एकै वर्णमा वर्गीकरण गरिएको छ।[3]
निलगिरी लङ्गुर[1] | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | Animalia |
सङ्घ: | Chordata |
उपसङ्घ: | Vertebrata |
वर्ग: | Mammalia |
उपवर्ग: | Eutheria |
गण: | Primates |
कुल: | Cercopithecidae |
वंश: | Trachypithecus |
प्रजाति: | Trachypithecus johnii |
वैज्ञानिक नाम | |
Trachypithecus johnii (J. Fischer, 1829) | |
नीलगिरी लङ्गुरको बासस्थान दायरा | |
पर्याय | |
|