नाउरू
From Wikipedia, the free encyclopedia
नाउरू वा आधिकारिक रूपमा गणतन्त्र नाउरू (नाउरूली:Repubrikin Naoero), पूर्व प्लिजेन्ट टापुको रूपमा परिचित मध्य प्रशान्त महासागरको ओसिनियाको एक भाग, माइक्रोनेसियामा अवस्थित एक टापु देश र लघु राष्ट्र हो।[11] यसको सबैभन्दा नजिकको छिमेकी राष्ट्र किरिबाटीको बनाबा हो, जुन पूर्वमा लगभग ३०० किलोमिटर (१९० माइल) टाढा छ।[12] यो टुभालुको उत्तर-पश्चिममा, सोलोमन टापुको १,३०० किलोमिटर (८१० माइल) उत्तर-पूर्वमा पपुवा न्युगिनीको पूर्व-उत्तर-पूर्व, माइक्रोनेसियाको सङ्घीय राज्यको दक्षिण-पूर्वमा र मार्सल टापुको दक्षिणमा अवस्थित छ। केवल २१ वर्ग किलोमिटर (८.१ वर्ग माइल) क्षेत्रफल भएको, नाउरू भ्याटिकन सिटी र मोनाको पछि विश्वको तेस्रो सानो देश हो, जसले यसलाई सबैभन्दा सानो गणतन्त्र र टापु राष्ट्र बनाउँदछ। लगभग १०,८०० को जनसङ्ख्या भएको भ्याटिकन सिटी पछि विश्वको दोस्रो सानो (उपनिवेश वा विदेशी क्षेत्रहरू समावेश छैन) देश हो। लगभग १० ईसापूर्वमा माइक्रोनेसियाका मानिसहरूले बसालेको नाउरूलाई १९औँ शताब्दीको उत्तरार्धमा जर्मनेली साम्राज्यले उपनिवेशको रूपमा दावी गरेको थियो। प्रथम विश्वयुद्धपछि, नाउरू, अस्ट्रेलिया, न्युजिल्यान्ड र संयुक्त अधिराज्यद्वारा प्रशासित राष्ट्र सङ्घको अधिदेश बनेको थियो। दोस्रो विश्वयुद्धको समयमा, नाउरू जापानी सेनाद्वारा कब्जा गरिएको थियो। युद्ध समाप्त भएपछि, देश संयुक्त राष्ट्र जिम्मा जमानी परिषद्मा प्रवेश गरेको थियो। नाउरूले सन् १९६८ मा स्वतन्त्रता प्राप्त गरेको थियो।
गणतन्त्र नाउरू Repubrikin Naoero (नाउरूली) | |
---|---|
आदर्श वाक्य: "परमेश्वरको इच्छा पहिला" | |
राष्ट्रिय गान: नाउरू बिविएमा "नाउरू, हाम्रो मातृभूमि" | |
राजधानी | यारेन (वास्तविक)[lower-alpha 1][1] ०°३१′३९″द॰ १६६°५६′०६″पू॰ |
सबैभन्दा ठुलो सहर | डेनिगोमोदू |
आधिकारिक भाषाहरू |
|
रैथाने(हरू) | नउरूली |
सरकार | एकात्मक गैरदलीय लोकतन्त्रको अधिनमा कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र[5] |
• राष्ट्रपति | डेभिड आडेआङ |
• सभामुख | मार्कस स्टेफेन |
व्यवस्थापिका | संसद |
स्वतन्त्र | |
३१ जनवरी १९६८ | |
क्षेत्रफल | |
• जम्मा | २१ किमी२ (८.१ वर्ग माइल) (१९३औँ) |
• पानी (%) | ०.५७ |
जनसङ्ख्या | |
• सन् २०२० अनुमानित | १०,८३४[6][7] (२२७औँ) |
• सन् २०११ जनगणना | १०,०८४[8] |
• घनत्व | ४८० /किमी2 (१,२४३.२ /वर्ग माइल) (२५औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | $१३.२ करोड[9] (१९२औँ) |
• प्रति व्यक्ति | $९,९९५[9] (९४औँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२१ लगत |
• जम्मा | $१३.३ करोड[9] |
• प्रति व्यक्ति | $१०,१२५[9] |
मुद्रा | अस्ट्रेलियाली डलर |
समय क्षेत्र | युटिसी+१२[10] |
सडक प्रयोग | बायाँ |
टेलिफोन कोड | +६७४ |
इन्टरनेट डोमेन | डटएनआर |