दशावतार
From Wikipedia, the free encyclopedia
दशावतार ( संस्कृत: दशावतार ) ले पालनकर्ता भगवान विष्णुका दश मुख्य अवतारहरूलाई जनाउँछ । ब्रह्माण्डको नियम पालना गराउन भगवान विष्णुले अवतार लिने बताइन्छ ।
दशावतारमा मत्स्य अवतार, कूर्म अवतार , बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार ,श्रीराम अवतार, कृष्ण, बलराम वा बुद्ध र कल्की अवतार मानिन्छ । दशावतारमा कृष्णलाई नमान्ने परम्परामा , कृष्णलाई सम्पूर्ण अवतारको मूल मानिन्छ । कुनै परम्परामा कृष्ण वा बुद्धको साटो जगनाथलाई लिने गरिन्छ । कल्की बाहेक सबै अवतारहरु पृथ्वीमा देखा परि सकेका छन् भने कल्की कलि युगको अन्तिम समयमा प्रकट हुने छन् ।