दक्षिणपूर्व एसियाका विश्व सम्पदा क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
सन् २०१४ सम्ममा दक्षिणपूर्व एसियाका ९ वटा देशहरूको ३७ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ। जसमा इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, म्यानमार, कम्बोडिया तथा लाओस रहेका छन्। दक्षिणपूर्व एसियामै रहेको ब्रुनाई र सिङ्गापुरमा कुनै सम्पदालाई युनेस्कोले हालसम्म मान्यता दिएको छैन।[1][2] यस क्षेत्रमा रहेको इन्डोनेसिया र भियतनामको सबैभन्दा बढी ८-८ वटा सम्पदा सूचीकृत गरिएको छ।[3] यस क्षेत्रबाट सबैभन्दा पहिले १९९१ मा १५औं शत्रमा सामेल गरिएको थियो।[4]