तिब्बत स्वायत्त क्षेत्र
From Wikipedia, the free encyclopedia
तिब्बत स्वायत्त क्षेत्र वा भोट स्वायत्त क्षेत्र जनवादी गणतन्त्र चीनको एक प्रान्त-स्तर स्वायत्त क्षेत्र हो। यो औपचारिक रूपमा सन् १९६५ मा तिब्बत क्षेत्रको प्रतिस्थापन गर्न को लागि स्थापित भएको थियो। तिब्बत स्वायत्त क्षेत्रको वर्तमान सिमाना सामान्यतया १८औँ शताब्दीमा स्थापित भएको थियो र ऐतिहासिक तिब्बतको लगभग आधा, वा जातीय-सांस्कृतिक तिब्बत समावेश छ।