ढाँचा:प्रमुख लेख/पश्चिमी हरित माम्बा
From Wikipedia, the free encyclopedia
पश्चिमी हरित माम्बा वा पश्चिम अफ्रिकी माम्बा एक लामो, पातलो र विश्वमा रहेका सबैभन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प माम्बा परिवारको एक प्रजाति हो। यो प्रजातिको सर्पलाई पहिलोपटक जीव वैज्ञानिक एडबर्ड हेलोवेलले पत्ता लगाएका थिए। हरित माम्बा, माम्बा प्रजातिको मध्यम वर्गको सर्प हो। यो सर्प रूख र जमिन दुवैमा बसोबास गर्ने भएकाले यसले सिकार गर्नका लागि मुख्यतया जमिनमा बस्ने गर्दछ। यस प्रजातिको सर्पले मुसा, चराचुरुङ्गी, खरायो आदिको सिकार गर्ने गर्छ।
यो प्रजातिको सर्प पश्चिम अफ्रिकाको जङ्गलमा बस्ने अन्य सर्पहरू भन्दा एकदमै चनाखो र आक्रमक हुन्छ। इलापिडी परिवारमा पर्ने अन्य माम्बा सर्प जस्तो हरित माम्बा पनि उत्तिकै विषालु हन्छ। यस सर्पलाई केही वैज्ञानिकहरूले अन्य माम्बा भन्दा कम आक्रमक र विषालुको दर्जामा राख्छन् भने कसैले यसलाई एकदम आक्रमक र विषालु सर्पको दर्जामा राख्छन्। यस प्रजातिले पश्चिम अफ्रिकी जङ्गलहरूमा पाइने अन्य प्रजातिको सर्पले भन्दा मानिसलाई कम आक्रमण गर्ने गर्छ। यस सर्पको मृत्युदर एकदमै उच्च हुने गर्छ भने यस सर्पको टोकाईले कहिलेकाहीँ ज्यान पनि लिन सक्छ।(पूरा पढ्नुहोस्...)