ड्यानी रोज (फुटबल खेलाडी)
From Wikipedia, the free encyclopedia
ड्यानी रोज (जन्म: २ जुलाई १९९०) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब वाटफोर्ड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्।[4]
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | ड्यानी लि रोज[1] | |||||||||||||||
जन्म मिति | (1990-07-02) २ जुलाई १९९० (उमेर ३३)[2] | |||||||||||||||
जन्म स्थान | डोनकेस्टर, इङ्ल्यान्ड | |||||||||||||||
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी)[3] | |||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | वाटफोर्ड | |||||||||||||||
सङ्ख्या | ३ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
२००५–२००६ | लिड्स युनाइटेड | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००६–२००७ | लिड्स युनाइटेड | ० | (०) | |||||||||||||
२००७–२०२१ | टोटनह्याम हट्स्पर | १५६ | (८) | |||||||||||||
२००९ | → वाटफोर्ड (ऋण) | ७ | (०) | |||||||||||||
२००९ | → पिटरबर्ग युनाइटेड (ऋण) | ६ | (०) | |||||||||||||
२०१०–२०११ | → ब्रिस्टल सिटी (ऋण) | १७ | (०) | |||||||||||||
२०१२–२०१३ | → सुन्डरल्यान्ड (ऋण) | २७ | (१) | |||||||||||||
२०२०-२०२१ | → न्युक्यासल युनाइटेड (ऋण) | ११ | (०) | |||||||||||||
२०२१- | वाटफोर्ड | ४ | (०) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००५–२००६ | १६ वर्ष मुनी | ५ | (०) | |||||||||||||
२००६–२००७ | १७ वर्ष मुनी | १३ | (०) | |||||||||||||
२००७–२००८ | १८ वर्ष मुनी | २ | (०) | |||||||||||||
२००८–२००९ | १९ वर्ष मुनी | ६ | (१) | |||||||||||||
२००९–२०१३ | २१ वर्ष मुनी | २९ | (३) | |||||||||||||
२०१२ | बेलायत ओलम्पिक टोली | ४ | (०) | |||||||||||||
सन् २०१६– | इङ्ल्यान्ड | २९ | (०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:०९, २६ नोवेम्बर २०२१ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:११, ११ नोवेम्बर २०२१ (युटिसी) |
सन् २००६ मा रोजले इङ्ल्यान्डको लिड्स युनाइटेड नामक एक व्यावसायिक फुटबल क्लब मार्फत फुटबल क्लब कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त क्लबमा आवद्ध भएको १ वर्षमै उनी प्रिमियर लिग नामक एक इङ्ल्यान्डको सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्नै क्लब टोटनह्याममा सरुवा भएका थिए। सन् २००७ देखि सन् २००९ सम्म टोटनह्यामसँगको दुई वर्ष बिताएका रोजले कुल १५६ उपस्थितिहरूका जम्मा ८ गोल गर्न सफल भएका थिए भने उनी सन् २००९ मा वाट्फोर्ड नामक प्रिमियर लिगको एक क्लबसँग ऋणमा आवद्ध भएका थिए। वाटफोर्डसँग केही महिने आवद्ध पश्चात् उनी सोही पिटरबर्ग युनाइटेड नामक एक क्लबमा ऋणमा आवद्ध भएका थिए। पिटरबर्ग युनाइटेडका लागि कुल ६ उपस्थिति जनाएका रोज पुनः टोटनह्याममा फर्किएका थिए। सन् २०१० मा उनी ब्रिस्टल सिटीमा आवद्ध भएका थिए भने उनले उक्त क्लबका लागि कुल १७ उपस्थितिहरू जनाएका थिए। सन् २०१२ मा उनी इङ्ल्यान्डको सुन्डरल्यान्ड नामक एक फुटबल क्लबमा आवद्ध भएका थिए जहाँ उनले कुल २७ उपस्थितिहरूमा जम्म १ गोल गर्न सफल भएका थिए। सन् २०११ देखि सन् २०१२ सम्म उनी अन्य क्लबहरूमा आवद्ध भएतापनि उनीले अधिक समय टोटनह्यामानै खेल खेलेका गरेका थिए। सन् २०२० जनवरीमा उनी टोटनह्यामबाट ६ महिनाका लागि न्युक्यासल युनाइटेडमा आवद्ध भएका थिए।
रोजले सन् २००९ मा इङ्ल्यान्डको २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए। रोजले २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि कुल २९ उपस्थितिहरूमा टोलीका लागि कुल ३ गोल गर्न सफल भएका थिए। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणका लागि इङ्ल्यान्ड राष्ट्रिय टोलीको गठन गर्ने समयमा रोजलाई पनि वरिष्ठ टोलीको एक खेलाडीको रूपमा समावेश गराइएको थियो।