टेलिभिजन विज्ञापन
From Wikipedia, the free encyclopedia
टिभी विज्ञापन वा टिभी एडभटिजमेन्ट, जसलाई प्रायः व्यावसायिक विज्ञापन वा विज्ञापन भनिन्छ । यो सन्देश सञ्चार गर्ने संस्था द्वारा निश्चित शुल्क लिएर तैयार गरेको टिभी कार्यक्रमको विविध प्रकार हो। विज्ञापनबाट प्राप्त हुने आयले निजी स्वामित्वमा रहेका टिभी नेटवर्कहरूको लागि राम्रो मुनाफा सृजना हुने गर्दछ। धेरै जसो टिभी विज्ञापनहरू केहि सेकेन्ड देखि केहि मिनेटसम्म हुन सक्दछ । जब देखि टिभीको शुरुवात भयो तब देखि नै त्यस्ता विज्ञापनहरू विभिन्न उत्पादनहरू, सेवाहरू र विचारहरूको प्रबर्धन(प्रचार-प्रसार) गर्न प्रयोग गरिदै आएको छ ।
विज्ञापनले जनतामा निकै सफलता पुर्वक व्यापक प्रभाव पारेको सर्वविदित छ।
संयुक्त राज्य अमेरिका सहित धेरै देशहरूमा, टीभी विज्ञापन राजनीतिक अभियानका लागि अपरिहार्य मानिन्छ। तर फ्रान्स [1] र नर्वे जस्ता केही देशहरूमा टिभीमा राजनैतिक विज्ञापनमा प्रतिबन्ध लगाइएको छ।