ञठ्री चन्पो
From Wikipedia, the free encyclopedia
ञठ्री चन्पो (तिब्बती: གཉའ་ཁྲི་བཙན་པོ།, वयली: gnya' khri btsan po), ४१७-३३५ ई.पू.[2] को समयमा रहेको पहिलो तिब्बती सम्राट हुन्। ञठ्री चन्पोको जन्म तिब्बती संवत् शिङ-ज्यी वर्ष अर्थात् ४१७ ई.पू. मा ग्याल्पो दोङमारको वंश पिता ठ्रीबारग्यी दुनछिगस् वा चुगठ्री चन्पो र माता मुचम्ड्र वा पुमीमोचुनको पुत्रमा तिब्बत कोङपो पुवोको नगर शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङमा भएको थियो। ३९० ई.पू. मा राज्यारोहण भई ३४५ ई.पू. सम्ममा ४५ साल शासन चलाए। उहाँको शासनकालमा तिब्बतको पहिलो राजदरबार युमो लाखरको स्थापना गरिएको थियो। अनुमानित ३९० ई.पू. तिर सम्राट ञठ्री चन्पो र रानी चम ल्हमन कर्मो वा नाम मुग्मुगको सन्तानमा राजकुमार मुगठ्री चन्पोको जन्म भएको र ञठ्री पछि राजकुमार मुगठ्री चन्पोलाई राज्याभिषेक गरिएको थियो।[3]
छरितो तथ्यहरू ञठ्री चन्पो གཉའ་ཁྲི་བཙན་པོ།, शासनकाल ...
ञठ्री चन्पो གཉའ་ཁྲི་བཙན་པོ། | |||||
---|---|---|---|---|---|
पहिलो तिब्बती सम्राट | |||||
शासनकाल | ३९०-३४५ ई.पू. (लगभग ४५ वर्ष)[1] | ||||
राज्याभिषेक | ३९० ई.पू. | ||||
उत्तराधिकारी | मुगठ्री चन्पो | ||||
जन्म | ४१७ ई.पू. शाङ्शुङ मुयुल ङम्ड्रङचाङड्रङ | ||||
मृत्यु | ३४५ ई.पू. (बहत्तर वर्षको उमेरमा) | ||||
जीवनसाथी | चम ल्हमन कर्मो वा नाम मुग्मुग | ||||
सन्तान | मुगठ्री चन्पो | ||||
| |||||
दरबार | युमो लाखर वा युम्बु लाखर | ||||
वंश | पुग्यल | ||||
बाबु | चुगठ्री चन्पो | ||||
आमा | मुचम्ड्र वा पुमीमोचुन | ||||
धर्म | बोन धर्म |
बन्द गर्नुहोस्