जुलिया माइकल्स
From Wikipedia, the free encyclopedia
जुलिया क्यरिन कभाजोस (जन्म १३ नोभेम्बर १९८३)[1][2],अथवा मञ्चको नाम नाम जुलिया माइकल्स एक आयोवाकी अमेरिकी गायिका तथा गितकार हुन्। उनले एक पप सङ्गीतकार र गीतकारको रूपमा आफ्नो कार्यकाल सुरू गरेकी थिइन्। माइकल्सले उनको पहिलो एकल २०१७ मा रिपब्लिक रेकर्ड्ससँग "इस्यु" नामकको सङ्गीत सार्वजनिक गरेकी थिइन् जुन गीत संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० ११औँ स्थानमा पुगेको थियो। अमेरिकी रेकर्डिङ उद्योग सङ्घले गीतलाई तेब्बर प्लाटिनम प्रमाणित गरेको थियो। यसले वर्ष गीतको रूपमा सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ग्रामी पुरस्कारमा नामाङ्कन प्राप्त गरेको थियो ।[3] उनको पहिलो विस्तारित गिती सङ्ग्रह, नर्भस सिस्टम (सन २०१७) ले संयुक्त राज्य अमेरिकाको बिलबोर्ड २०० तालिकामा ४८औँ स्थान ओगट्न सफल भएको थियो। उनले एमटीभी सङ्गीत भिडिओ, बिलबोर्ड सङ्गीत, र अमेरिकी सङ्गीत पुरस्कार लागि मनोनयनमा प्राप्त गरेकी थिइन्।
जुलिया माइकल्स | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जुलिया क्यारिन कभाजोस |
जन्म | (1993-11-13) १३ नोभेम्बर १९९३ (उमेर ३०) आयोवा, संयुक्त राज्य |
उत्पत्ति | सान्ता क्लारिता, क्यालिफोर्निया, संयुक्त राज्य |
विधा |
|
पेशा |
|
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | २०१०-हाल |
लेबल | रिप्ब्लिक |
सहयोगी |
|
वेबसाइट | आधिकारिक वेबसाइट |
त्यस यता उनले मरून ५, केइथ उर्बान र नाइअल होरन लगायतका समूह तथा कलाकारहरूको साथ उनीहरूको विश्व भ्रमणमा देखा परेकी थिइन्। उनले बेलायती साङ्गीतिक तालिकाको शीर्ष २० मा, पर्न गीत, "इफ द वर्ल्ड वाज इन्डिङ" क्यानडेली गायक जेपि साक्सेको साथ जारी गरेकी थिइन् र बेलायती साङ्गीतिक समूह "क्लिन बान्डिट"को साथ "आई मिस यु" सार्वजनिक गरेकी थिइन् जहाँ दुइवटै गीत शीर्ष २० मा, आएका थिए।
प्रमुख गीतकारको रूपमा, जुलिया माइकल्सले सेलेना गोमेस, डेमी लोभाटो, फिफ्थ हार्मोनी, सन मेन्डेज, ब्रिटनी स्पेयर्स र ग्वेन स्टेफिनी लगायतका गायक/गायिकाहरूका लागि गीत रचेकी थिइन्। उनीद्वारा लेखिएको तथा क्यानडेली गायक जस्टिन बिबरले स्वर दिएको गीत "सरी" र सेलेना गोमेजको गीत "लुज यु टु लभ मी" बिलबोर्ड हट १००को शीर्ष स्थानमा पुगेका थिए।
माइकल्सले हालसम्म, दुई पटक ग्रामी पुरस्कारमा लागि मनोनयन प्राप्त गरेकी छिन् जहाँ उनले वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको रूपमा मनोनयन प्राप्त गरेकी थिइन्।[4] उनले एमटिभी भिडिओ सङ्गीत पुरस्कार, बिलबोर्ड सङ्गीत पुरस्कार र अमेरिकी सङ्गीत पुरस्कारहरूका लागि मनोनयन प्राप्त गरेकी थिइन्।