चुल्हो
From Wikipedia, the free encyclopedia
चुल्हो वा चुलो खाना पकाउनको लागि ताप सृजना गरी पकाउँने भाँडा राख्न मील्ने गरी बनाइएको संरचना वा साधन हो। प्रयोगको प्रकृति र स्थानियता अनुसार चुल्होहरू फरक फरक हुने गर्दछन । अधिकांश परम्परागत चुलोहरू मा दाउरा वा कोइला इन्धनको रूपमा प्रयोग हुँन्थे भने अाधुनिक चुल्होहरूमा तेल,द्रव्य-वायु अथवा बिजुली प्रयोग गरिन्छ । तेल चाहिने चुल्होहरुको प्रचलन घट्दै गएको भएपनि अद्यपी केही मात्रमा प्रयोग गरिँदैछ भने विद्युतीय र द्रव्य-वायु चुल्होको प्रयोग बढ्दो छ ।