चिन्तामणी नागेश रामचन्द्र राव
From Wikipedia, the free encyclopedia
चिन्तामणी नागेश रामचन्द्र राव (कन्नड: ಚಿಂತಾಮಣಿ ನಾಗೇಶ ರಾಮಚಂದ್ರ ರಾವ್) जसलाई सीएनआर राव को नामले पनि चिनिन्छ, एक भारतीय रसायन वैज्ञानिक हुन् । उनले संरचनात्मक रसायन शास्त्रको क्षेत्रमा मुख्य रूपमा काम गरेका छन् । अहिले वहाँ भारतको प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको प्रमुखको रूपमा काम गरिरहेका छन्। रावलाई विश्व भरिको ६० विश्वविद्यालयहरूद्वारा मानद डाक्टरेटको उपाधि प्राप्त छ । वहाँले लगभग ४५ वैज्ञानिक पुस्तकहरू लेखेका छन् ।[1] २०१३ मा भारत सरकारले वहाँलाई भारतको सबैभन्दा सम्मानित नागरिक पुरस्कार भारत रत्नले सम्मानित गर्ने घोषणा गरी ४ फेब्रुअरी २०१४ मा प्रदान गरेको थियो।[2][3][4][5]
छरितो तथ्यहरू चिन्तामणी नागेश रामचन्द्र राव, जन्म ...
चिन्तामणी नागेश रामचन्द्र राव | |
---|---|
जन्म | (1934-06-30) ३० जुन १९३४ (उमेर ८९) बेङ्गलोर, मैसूर राज्य (वर्त्तमानमा कर्नाटक) |
वासस्थान | भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | काशी हिन्दू विश्वविद्यालय पर्डयु विश्वविद्यालय |
चिनारीको कारण | घन-अवस्था रसायन शास्त्र पदार्थ विज्ञान |
पुरस्कार | ह्युजेस मेडल (२०००) भारत विज्ञान पुरस्कार (२००४) (एफआरएस)(१९८४) अब्दुस सलाम पदक (२००८) डैन डेविड पुरस्कार (२००५) लीजन ओफ ओनर (२००५) पद्म श्री पद्म विभूषण (२०१३) भारत रत्न (२०१३) |
वैज्ञानिक करियर | |
क्षेत्र | रसायन शास्त्र |
शिक्षा | भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन आईआईटी कानपुर भारतीय विज्ञान संस्थान अक्सफोर्ड विश्वविद्यालय क्याम्ब्रिज विश्वविद्यालय क्यालिफोर्निया विश्वविद्यालय जवाहरलाल नेहरु उन्नत वैज्ञानिक अनुसन्धान केन्द्र |
बन्द गर्नुहोस्