चिनियाँ नयाँ वर्ष
From Wikipedia, the free encyclopedia
चिनियाँ नयाँ वर्ष (अन्य नाम: स्प्रीङ फेस्टिवल) विश्व भर फैलिएर रहेका चीनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो । चीनिया पात्रो र मितिहरू सूर्यमा आधारित नभई परम्परागत रूपमा चन्द्रमामा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर्व (ल्यान्टर्न फेस्टिवल) का साथ अन्त्य हुन्छ ।[2]
चीनियाँ नयाँ वर्ष 春節 | |
---|---|
वैकल्पिक नाम | लुनर नयाँ वर्ष, स्प्रीङ फेस्टिवल |
अनुयायी | बिश्वभरका चाइनिज समुदायहरू[1] |
प्रकार | एसियाली पर्व |
मिति | Lunar/Lunisolar New Year's Day |
आवृत्ति | वार्षिक |
सम्बन्धित | लालटिन पर्व |
चीनियाँहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू परिवारमा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई "रेयुनिनल डिनर" भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चीनियाहरू कम्तिमा वर्षमा एकपल्ट यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व (New Year Eve's gala) पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइतमा जाने गर्छन ।