चारजनाको टोली
From Wikipedia, the free encyclopedia
चारजनाको समुह (अङ्ग्रेजी: Gang of Four (सरलीकृत चिनियाँ: 四人帮; परम्परागत चिनियाँ: 四人幫; फिनयिन: Sì rén bāng) चिनियाँ कम्युनिष्ट पार्टीका चार जना अधिकारीहरू रहेका एक राजनैतिक गुट थियो। उनीहरू सांस्कृतिक क्रान्ति (१९६६-७६) को समयमा चर्चामा रहे र पछि उनीहरूलाई देशद्रोही अपराधको आरोप लगाइयो। उक्त समुहको प्रमुख व्यक्ति चियाङ चिङ (माओ त्से तुङ की अंतिम पत्नी) थिए। अन्य सदस्य च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका ‘ग्याङ अफ फोर’ पनि भनिन्छ ।[1][2]