गुरुदोङमार ताल
From Wikipedia, the free encyclopedia
गुरुदोङमार ताल भारतको सिक्किम राज्यको उत्तरी सिक्किम जिल्लामा अवस्थित एउटा ताल हो। यो ताल समुद्र सतहबाट ५,४३० मिटर (१७,८०० फिट) को उचाइमा अवस्थित छ। यो ताल हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मानिन्छ। ८औँ शताब्दीमा तालको भ्रमण गरेका तिब्बती बौद्ध धर्मको स्थापनाकर्ता बौद्ध धर्मगुरु पद्मसम्भव जसलाई गुरु रिन्पोछेको नामले पनि चिनिन्छ, उनकै नाउँमा यो तालको नामकरण गरिएको छ।[1]
छरितो तथ्यहरू गुरुदोङमार ताल, स्थान ...
गुरुदोङमार ताल | |
---|---|
स्थान | उत्तर सिक्किम जिल्ला, सिक्किम |
निर्देशाङ्क | २८.०२°N ८८.७१°E / 28.02; 88.71 |
प्रवाहित राष्ट्रहरू | भारत |
सतहको क्षेत्रफल | ११८ हेक्टर (२९० एकड) |
किनारा लम्बाइ1 | ५.३४ किलोमिटर (३.३२ माइल) |
सतह उचाइ | १६,९०९ फिट (५,१५४ मी) |
स्थानहरू | मङ्गन १२२ किमी लाचेन ६७ किमी |
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन। |
बन्द गर्नुहोस्