क्रिस्चियन एरिक्सन
From Wikipedia, the free encyclopedia
क्रिस्चियन एरिक्सन (जन्म: सन् १९९२ फेब्रुअरी १४) एक डेनमार्केली व्यावसायिक फुटबल खेलाडी हुन जसले इटालेली क्लब इन्टर मिलान र डेनमार्क राष्ट्रिय फुटबल टोलीका लागि आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | क्रिस्चियन डेनियनमेन एरिकसन[1] | ||
जन्म मिति | (1992-02-14) १४ फेब्रुअरी १९९२ (उमेर ३२)[2] | ||
जन्म स्थान | मिडलफार्ट, डेनमार्क | ||
उचाइ | १.८२ मिटर[3] | ||
खेल्ने स्थान(हरू) | आक्रामक मध्यपङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | म्यान्चेस्टर युनाईटेड | ||
सङ्ख्या | १४ | ||
युवा करियर | |||
– | मिडलफार्ट बोल्दक्लुब | ||
२००५–२००८ | ओदेन्स बोल्दक्लुब | ||
२००८–२०१० | आयाक्स | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०१०–२०१३ | आयाक्स | ११३ | (२५) |
२०१३–२०२० | टोटनह्याम हट्सपर | २२६ | (५१) |
२०२०–२०२१ | इन्टर मिलान | ४३ | (४) |
२०२२ | ब्रेन्ट्फोर्ड | ११ | (१) |
२०२२- | म्यान्चेस्टर युनाईटेड | ६ | (०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००७–२००९ | १७ वर्ष मुनिको | २७ | (९) |
२००९ | १८ वर्ष मुनिको | ५ | (१) |
२००९ | १९ वर्ष मुनिको | ३ | (१) |
२०११ | २१ वर्ष मुनिको | ३ | (१) |
२०१०– | डेनमार्क | ११६ | (३९) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मे २०२१ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुन २०२१ |
एरिक्सनले सन् २००८ मा आयाक्स फुटबल क्लबको प्रशिक्षण केन्द्रमा व्यावसायिक फुटबल खेलमा प्रशिक्षण लिनका लागि भर्ना भएका थिए। सन् २०१० मा एरिक्सनको प्रशिक्षण केन्द्रबाट आयाक्स फुटबल क्लबमा पदोन्नति भएपश्चात् क्लबका तर्फबाट उनले सन् २०१०-११, २०११-१२ र सन् २०१२-१३ संस्करणको एरेदेभेसी जित्न सफल भएका थिए। सन् २०१४ मा एरिक्सनले प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरमा सरुवा भएका थिए भने सोही वर्षको प्रिमियर लिग संस्करणमा उनी क्लबका तर्फबाट उत्कृष्ट खेलाडीको शीर्ष स्थानमा पर्न भएका थिए। सन् २०१३ देखि सन् २०२० सम्म टोटनह्याम हट्सपरको प्रतिनिधित्व गरेका एरिक्सनले क्लबका तर्फबाट विभिन्न उपाधिहरूका साथै सन् २०१६-१७ संस्करणको उत्कृष्ट खेलाडी र सन् २०१७-१८ पिएफए वर्ष टोली जस्ता उपाधिहरू जितिसकेका छन्।[4] सन् २०१८–१९ प्रिमियर लिगमा उनी लगातार ४ प्रिमियर लिग संस्करणमा १० भन्दा बढी उपस्थिति जनाउने कीर्तिमान बनाएका डेभिड बेकह्याम पछि एरिक्सन दोस्रो खेलाडी बन्न सफल भएका थिए भने र उनी २०१९ को युएफा च्याम्पियन्स लिगको टोलीलाई फाइनलसम्म पुर्याउनमा एरिक्सनको प्रमुख भूमिका रहेको थियो।[5] सन् २०२० को जनवरीमा एरिक्सन टोटनह्याम हट्सपरबाट इटालेली क्लब इन्टर मिलानमा सरुवा भएका थिए।
एरिक्सनले सन् २००७ मा, १५ वर्षको उमेरमा १७ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप संस्करणमा एरिक्सन डेनमार्कको वरिष्ठ राष्ट्रिय टोलीका तर्फबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।[6] सन् २०१८, रूसमा आयोजित फिफा विश्वकपमा उनले राष्ट्रिय टोलीको तर्फबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए भने राष्ट्रिय टोलीले समूह चरण पार्न गरेतापनि क्रोएसियासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। एरिक्सनले ५ पटक उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन्।