केन्द्रीय गुप्तचर संस्था
From Wikipedia, the free encyclopedia
केन्द्रिय गुप्तचर संस्था (सिआइए, अङ्ग्रेजी: Central Intelligence Agency) अमेरिकी सङ्घीय सरकारको विदेश मामिला हेर्ने नागरिक गुप्तचर संस्था हो। यसले मुख्यतः मानव गुप्तचरको मद्दतले विश्व भरीबाट राष्ट्रिय सुरक्षा सम्बन्धी सुचना सङ्कलन, प्रशोधन र विश्लेषण गर्ने काम गर्छ । अमेरिकी गुप्तचर सामुदायको मुख्य सदस्यको नाताले सिआइएले नेसनल इन्टिलिजेन्सको निर्देशकलाई रिपोर्टिङ गर्छ। यसले मुख्यतः राष्ट्रपतिलाई र अमेरिकी क्याबिनेटलाई सुचना प्रदान गर्दछ।
सि आइ ए मुख्यालय, ल्याङ्ली भर्जिनिया | |
निकाय विवरण | |
---|---|
गठन | सेप्टेम्बर 18, 1947; ७६ वर्ष पहिले (1947-०९-18) |
Preceding agency |
|
किसिम | Independent |
प्रधान कार्यालय | जर्ज बुस सेन्टर फर इन्टिलिजेन्स Langley, Virginia, अमेरिका ३८°५७′०७″उ॰ ७७°०८′४६″प॰ |
आदर्श वाक्य | "The Work of a Nation. The Center of Intelligence." Unofficial motto: "And ye shall know the truth and the truth shall make you free." (John 8:32 KJV)[2] |
कर्मचारीहरू | २१,५७५ (अनुमानित)[3]: Script error: The function "hyphen2dash" does not exist. |
वार्षिक बजेट | $15 billion (२०१३ अनुसार[उद्यतन])[3][4][5] |
निकाय कार्यकारीहरू |
|
वेबसाइट | cia |
फेडेरल व्यूरो अफ इन्भेस्टिगेशनले आन्तरिक सुरक्षा सेवा सम्बन्धी काम गर्छ तर सिआइएलाई कानुन पालना गराउने कुनै दायित्व छैन। सिआइए मुख्यतः सिमापारको सुचना सङ्कलन, गुप्तचरीमा केन्द्रित छ।[6] अमेरिकी सङ्घीय सरकारको यो एक मात्र मानव गुप्तचर संस्था नभए पनि यसले मानव मानव गुप्तचर व्यवस्थित गर्ने काम गर्छ। यसबाहेक, राष्ट्रपतिको आदेशमा गोप्य कार्यवाही गर्न र निरीक्षण गर्न कानूनले अधिकार पाएको एक मात्र एजेन्सी सीआईए हो।[6][7][8][9] यसले आफ्नो रणनीतिक विभाग मार्फत विदेशी राजनीतिक प्रभाव पार्दछ।[10] जर्मनीको बीएनडी जस्ता धेरै अमेरिकी मित्र राष्ट्रहरूमा पनि गुप्तचर सेवा स्थापना गर्न सीआईएको भूमिका थियो।