कुमाउँनी भाषा
From Wikipedia, the free encyclopedia
कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २०,८१,०५७ (२०११) भन्दा बढी मानिसले बोल्छन्। [3] उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, उधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्र र पञ्जाब, तथा हिमाचल प्रदेश र नेपाल का केहि भागमा पनि यो बोलीने गरिन्छ ।
छरितो तथ्यहरू कुमाऊँनी, उच्चारण ...
कुमाऊँनी | |
---|---|
कुमाऊँनी | |
उच्चारण | IPA: [kuːmɔːʊni] |
मूलभाषी | भारत, नेपाल |
क्षेत्र | कुमाऊँ (भारत), डोटी[1][2] (नेपाल) |
रैथाने(हरू) | कुमाइँ |
मातृभाषी वक्ता | २० लाख (नेपालमा बाहेक) |
देवनागरी लिपि ताकरी (ऐतिहासिक) | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | kfy |
बन्द गर्नुहोस्