कालीघाट काली मन्दिर
From Wikipedia, the free encyclopedia
कालीघाट काली मन्दिर (बङ्गाली: কালীঘাট মন্দির) पश्चिम बङ्गाल, भारतमा अवस्थित हिन्दु देवी कालिको मन्दिर हो । [1] यो एक ५१ वटा हिन्दु शक्तिपीठ मध्ये एक हो ।
छरितो तथ्यहरू कालीघाट काली मन्दिर, प्राथमिक विवरण ...
कालीघाट काली मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | कलकत्ताको अडि गङ्गाको किनारमा अवस्थित |
सम्बन्धन | हिन्दुत्व |
राज्य | पश्चिम बङ्गाल |
देश | भारत |
निर्माता | सन्तोष रोय चौधरी (सबर्न रोय चौधरी) |
बन्द गर्नुहोस्
कालीघाट कलकत्ताको हुगलि नदिको किनारमा रहेको काली देवीमा समर्पित घाट थियो । कलकत्ता सहरको नाम पनि कालीघाट भन्ने शब्दबाट ल्याइएको भनिन्छ । नदी भने समय वित्दै जाँदा मन्दिर परिसरबाट टाढा हुदै गएको छ । मन्दिर अहिले सानो कुलो अडि गङ्गाको किनारमा रहेको छ जुन हुगली नदिसँग जोडिएको छ । अडि गंगा हुगली नदिको वास्तविक वाटो थियो, त्यही भएर यसको नाम अडि (वास्तविक) गंगा राखिएको हो ।