कार्बोहाइड्रेट
From Wikipedia, the free encyclopedia
कार्बोहाइड्रेट्स, कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन अनि अक्सिजन हुन्छन्। यसमा हाइड्रोजन अनि अक्सिजनको अनुपात जलको समान हुन्छ। केही कार्बोहाइड्रेट्स सजीवहरुका शरीरका रचनात्मक तत्वहरूको निर्माण गर्दछन् जस्तो कि सेल्यूलोज, हेमीसेल्यूलोज, काइटिन तथा पेक्टिन। जबकि केही कार्बोहाइड्रेट्स उर्जा प्रदान गर्दछन्, जस्तो कि मण्ड, शर्करा, ग्लूकोज, ग्लाईकोजेन। कार्बोहाइड्रेट्स स्वादमा गुलियो हुन्छन्। यो शरीरमा शक्ति उत्पन्न गर्ने प्रमुख स्रोत हो। शरीरलाई शक्ति र गर्मी प्रदान गर्नका लागि बोसोले जस्तै यसले कार्य गर्दछ। कार्बोहाइड्रेट्स बोसोको अपेक्षा शरीरमा चाँडै पच्छ। शरीरलाई कार्बोहाइड्रेट्स दुइ प्रकारले प्राप्त हुन्छन्, पहिलो माड अर्थात स्टार्च तथा अर्को चीनी अर्थात शूगर। गहुँ, ज्वार, मकै, बाजरा, मोटो अन्न तथा चामल र दाल तथा जरा वाला तरकारीमा पाइने कार्बोहाइड्रेट्सलाई माडी भनिन्छ। केरा, अम्बा, उखु, सखरखण्ड, खजूर, छोकरा, मुनक्का, नेभारो, शक्कर, मह, गुलियो तरकारी, सबै गुलियो मल्यदेखि प्राप्त हुने कार्बोहाइड्रेट्स अत्यधिक शक्तिशाली र स्वास्थ्यका लागि लाभदायक हुन्छन् तर यसको अधिकता अनेक खतरनाक ज्यान लिने रोगहरूलाई पनि जन्म दिन्छ जसमा प्रमुख रूपले अजीर्ण, मधुमेह, झाडापखाला रोग हुन्छन्। यसमा अत्यधिक मोटापनले पनि जीवनलाई खतरा उत्पन्न हुन जान्छ।