काठे भालु
From Wikipedia, the free encyclopedia
काठे भालु (वैज्ञानिक नाम: Melursus ursinus)[2][3][4][5] नेपालको तराई भेगमा पाइने भालुको प्रजाति हो। काठे भालुको मुख्य आहारा भनेको धमिरो र कमिला हो तर कहिलेकाही फलफूल पनि खान्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा काठे भालुलाई असुरक्षित वर्गमा राखेको छ र जनसंख्या घट्दै गएको जानकारी दिन्छन्[6]। काठे भालुको धेरै जनसंख्या मानिसको नजिकमा बस्नु परेकोले र दुई देशहरूबाट पहिले नै लोप भइसकेको हुनाले यसलाई "असुरक्षित" वर्गमा राखिएको हो। नेपालको राष्ट्रिय रातो सूचीमा भने काठे भालुलाइ "लोपन्मुख" वर्गमा सुचिकृत गरिएको छ[7]। विश्वभर यसको जनसंख्या १०,०००-२०,००० हुनसक्ने अनुमान छ[8]।
छरितो तथ्यहरू काठे भालुMelursus ursinus सामयिक शृङ्खला: Late Pliocene to Early Pleistocene – Recent, संरक्षण स्थिति ...
काठे भालु Melursus ursinus सामयिक शृङ्खला: Late Pliocene to Early Pleistocene – Recent | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | Chordata |
वर्ग: | |
गण: | Carnivora |
कुल: | Ursidae |
वंश: | Melursus Meyer, 1793 |
प्रजाति: | M. ursinus |
वैज्ञानिक नाम | |
Melursus ursinus Shaw, 1791 | |
काठे भालुको फैलावट नक्शा (कालो – हाल लोप, हरियो – वर्तमान वास्सथान) | |
पर्याय | |
|
बन्द गर्नुहोस्