कर्णाली नदी
मानसरोवर ताल नजिकै तिब्बती पठारमा उत्पत्ति हुने बारहमासी सीमापार नदी / From Wikipedia, the free encyclopedia
कर्णाली नदी (भारतमा घाघरा नदी पनि भनिन्छ) तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको हिमनदीबाट निस्केर मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसंगै रहेको मयुरको मुखबाट कर्णाली नदी उत्पत्ति भएको छ | त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन धखोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ।[1] त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दासम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लिन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदैँ यसले विशाल रूप लिन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यो हुम्ला कर्णाली र बुढीगङ्गामा गएर मिसिन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्ला सुर्खेत जिल्ला र कैलाली को सिमाना हुदै अगाडि बढ्छ र भारतमा गएर मिसिन्छ।
कर्णाली नदी घाघरा | |
---|---|
स्थान | |
देश | चीन, नेपाल, भारत |
भौतिक विषेशताहरू | |
स्रोत | माप्चोचोङ्गो हिमनदी |
• स्थान | तिब्बत, चीन |
• उन्नतांस | ३,९६२ मी (१२,९९९ फिट) |
मुख | गङ्ग |
• स्थान | रेभेलगञ्ज, भारत |
• भौगोलिक निर्देशाङ्क | २५°४५′११″उ॰ ८४°३९′५९″पू॰ |
लम्बाइ | १,०८० किमी (६७० माइल) |
जलाधारकाे क्षेत्रफल | १,२७,९५० किमी२ (४९,४०० वर्ग माइल) |
निकास | |
• औसत | २,९९० मी3/सेक (१,०६,००० घन फिट/सेक) |
निकास | |
• स्थान | नेपाल |
• औसत | १,३६९ मी3/सेक (४८,३०० घन फिट/सेक) |
जलाधारका विशेषताहरू | |
सहायक नदीहरू | |
• बायाँ | भेरी, सरयू, राप्ती, छोटी गण्डक |
• दायाँ | सेती, दहावार, शारदा, बुढिगङ्गा |