एनर्रिके इग्लेसियास
स्पेनी गायक तथा अभिनेता / From Wikipedia, the free encyclopedia
एनर्रिक मागुएल इग्लेसियास प्रिस्लेर (स्पेनी: Enrique Iglesias) जन्म:८ मे १९७५) एक स्पेनी फिलिपिनी गायक, गीतकार, अभिनेता तथा रेकर्ड निर्माण हुन्। उनी उलियो इग्लेसियासका कान्छा छोरा हुन्। उनी हाल लातिनो पपका राजाको रूपमा परिचित छन्। [1][2]
एनर्रिके इग्लेसियास | |
---|---|
जन्म | एनर्रिके मागुयल इग्लेसियास प्रिस्लेर (1975-05-08) ८ मे १९७५ (उमेर ४९) माद्रिद, स्पेन |
नागरिकता |
|
मातृ शिक्षाप्रतिष्ठान | मायामी विश्वविद्यालय |
पेशा |
|
कार्यकाल | सन् १९९५–हाल |
समकक्षी | अन्ना कुर्निकोभा (सन् २००१–हाल) |
सन्तान | ३ |
मातापिता |
|
आफन्त |
|
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र |
|
लेबल |
|
सहयोगी |
|
वेबसाइट | enriqueiglesias |
एनर्रिके इग्लेसियासले सन् १९९० को दशकको मध्यबाट आफ्नो साङ्गीतिक कार्यकालको सुरुवात गरेका थिए भने त्यस समयमा उनी एक स्पेनी अङ्ग्रेजी गीत निर्माण गर्ने फानोभिसा रेकर्डसँग आवद्ध थिए जहाँ उनको मञ्चको नाम इनर्रिके मार्तिनेज थियो। पछि उनले आफ्नो मञ्चको नामलाई वास्तविक नामद्वारा प्रतिस्थापन गरेका थिए।[3] उनी पछि लातिन सङ्गीतको एक प्रमुख गायकको रूपमा स्थापित भैसकेपछि उनी विभिन्न साङ्गीतिक सङ्घ संस्थासँग आवद्ध भएका थिए। इग्लेसियाले पछि अमेरिकी मुख्यधाराहरूमा पनि विभिन्न गीतहरू प्रकाशन गर्न सुरु गरेका थिए। इग्लेसियासले पछि ६ करोड ८० लाखमा युनिभर्सल सङ्गीत समूहसँगको युनिभर्सल सङ्गीत लातिनोसँगको आवद्ध पत्रमा हस्ताक्षर गर्दै आफ्नो स्पेनी गीति सङ्गालोहरू बजारमा ल्यएका थिए भने उनले पछि इन्टरस्कोप नामक एक सङ्गीत सङ्घसँगको आवद्ध पत्रमा हस्ताक्षर गर्दै अङ्ग्रेजी भाषी गीति सङ्गालो पनि सार्वजनिक गर्न सफल भएका थिए। सन् २०१० मा एनर्रिकेले युनिभर्सल सङ्गीत समूहको एक उप सङ्गीत सङ्घ रिपब्लिक रेकर्डसँगको सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्पेनी र अङ्ग्रेजी भाषी गीति सङ्गालोहरू सार्वजनिक गरेका थिए।[4] उनले पछि सोनी सङ्गीतसँगको आवद्ध पत्रमा पनि हस्ताक्षर गरेका थिए भने उनको आगामी साङ्गीतिक सङ्गालो सोही सङ्गीत सङ्घद्वारा सार्वजनिक गरिएको थियो र उनको अङ्ग्रेजी भाषी गीतहरू आरसिए रेकर्डसद्वारा सार्वजनिक गरिएको थियो। [5]
इग्लेसियासका हालसम्म कुल गीतका ७ करोड प्रतिलिपीहरू बिक्री भएका छन् जसकारण उनी लातिन सङ्गीतका एक सफल कलाकार मानिन्छन्। इग्लेसियासका हालसम्म १५० गीतहरू बिलबोर्डका विभिन्न सङ्गीत तालिकाको शीर्ष स्थानमा परेका छन्।[6] उनका पाँच गीतहरू बिलबोर्ड हट १०० सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएका छन् भने उनका २७ गीतहरू बिलबोर्ड हट १०० लातिन सङ्गीत तालिकाको शीर्ष स्थानमा पर्न सफल भएका छन् जसमा बाइलान्दो, सुबेमे ला रादियो आदि समावेश छन्।[7] उनका १४ गीतहरूले बिलबोर्ड नृत्य सङ्गीत तालिकाको शीर्ष स्थानमा आएका थिए जुन एक कीर्तिमान पनि हो। सन् २०१६ मा बिलबोर्ड पत्रिकाले उनलाई १४ सर्वाधिक सफल कलाकारको रूपमा पुरुष नृत्य क्लब कलाकारको सूचीमा सूचीकृत गरेको थियो।[8]