उत्तरध्रुवीय महासागर
महासागर / From Wikipedia, the free encyclopedia
उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमा रहेका ५ प्रमुख महासागरहरू मध्ये कम गहिराई भएको र सबैभन्दा सानो महासागर हो।[1] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले यसलाई महासागर मानेता पनि केही समुन्द्रशास्त्रीहरूले यसलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[2][3] यस महासागरलाई केही समुन्द्रशास्त्रीहरूले भू-मध्य सागर वा आन्ध्र महासागरको मुहानको रूपमा वर्गीकरण गरेका छन्। यो विश्वमा रहेकका ५ प्रमुख महासागरहरू मध्ये सुदूर उत्तरमा रहेकको महासागर हो।
यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमा रहेको उत्तर ध्रुवीय क्षेत्रमा अवस्थित छ। यस महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका र युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमा समुन्द्री बरफले ढाकेको छ भने हिउँदमा सबै भाग बरफले ढाक्छ। यसमा ढाकेका बरफ पग्लने र जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम र लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागहरू मध्ये यसको लवणता तुलनात्मक रूपमा सबैभन्दा कम रहेको छ। नदी र समुन्द्रबाट बहने ताजा पानीको प्रभाव निम्न वाष्पीकरण र उच्च लवणता भएको समुन्द्रको आपसी जडान नभएका कारण यसको लवणतम कम भएको मानिन्छ।[4] गर्मी मौसममा यसमा ढाकेका बरफहरूको पग्लिने दर ५०% रहेको भनाई छ।[1] अमेरिकी राष्ट्रिय हिउँ र बरफ आँकडा केन्द्रले (एनएसआइडिसी)ले उपग्रहको आँकडा प्रयोग गरी यसलाई ढाकेका बरफहरूको दैनिक प्रतिवेदन प्रदान गर्दछ र निश्चित समयावधि र अघिल्लो वर्षमा रहेको पग्लिने क्रमको तुलना पनि यसले प्रदान गर्ने गर्दछ।