अस्ट्रिज
चराको एक प्रजाति / From Wikipedia, the free encyclopedia
सुतुरमुर्ग वा अस्ट्रिच अफ्रिका तथा अरब मरुभूमिमा पाइने सबैभन्दा ठूलो चरा हो। स्ट्रुथिओनिडि कुलको एकमात्र जीवित प्रजाति यस चरा स्ट्रुथिओ वंश अन्तर्गत पर्दछ। सुतुरमुर्गको गण स्ट्रुथिओफर्मको अन्य सदस्य एमु, किवी आदि हुन्। यस चराको घाँटी र खुट्टा लामो हुन्छन् भने आवश्यकता अनुसार यो चरा ७० किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा दगुर्न सक्दछ जो पृथ्वीमा पाइने अन्य पंक्षी भन्दा अधिक हो। यो चरा उड्न सक्दैन।[3][4] यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ। सबैभन्दा ठूलो अण्डा पार्ने चरा पनि सुतुरमुर्ग हो। यसको अण्डाको तौल १.५ किलो ग्राम हुन्छ। यसको अण्डा उसिन्न ५० मिनेट लाग्छ। सुतुरमुर्ग पंक्षीहरूमा सबैभन्दा ठूलो जीवित प्रजाति हो भने यसले कुनैपनि अन्य जीवित पंक्षी प्रजातिको तुलनामा सबैभन्दा ठूलो अण्डा दिन्छ। साधारणतया सुतुरमुर्ग शाकाहारी हुन्छ तर यसको आहारमा अमेरुदण्डी प्राणीहरू सामेल हुन्छन्।
अस्ट्रिच सामयिक शृङ्खला: pleistocene–present Pleistocene to Recent | |
---|---|
भाले (बायाँ) र पोथी (दायाँ) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
उपसङ्घ: | Vertebrata |
वर्ग: | |
अधिगण: | Paleognathae |
गण: | Struthioniformes |
कुल: | Struthionidae |
वंश: | Struthio |
प्रजाति: | S. camelus |
वैज्ञानिक नाम | |
Struthio camelus कार्लस लिनियस, सन् १९७८[2] | |
उपप्रजाति | |
S. c. australus John Henry Gurney, 1868[2] | |
वितरण |