अलेसिया कारा
From Wikipedia, the free encyclopedia
अलेसिया काराकरिलो (जन्म: ११ जुलाई १९९६) अलेसिया काराको नामले परिचित, एक क्यानडेली गायिका, गीतकार र वाद्यवादक हुन्।[4] सामाजिक सञ्जाल तथा युट्युबमा केही गीतहरू गाएर सार्वजनिक गरेपछि उनले सन् २०१४ मा एपी मनोरञ्जन र डेफ ज्याम रेकर्डिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने पछि उनले एकल गीतहरू सार्वजनिक गर्न सुरु गरेकी थिइन्।[5][6] उनी द्वारा रचना तथा गायिएको "हियर" नामक गी क्यानडेली बिलबोर्ड हट १०० को शीर्ष १९ मा आएको थियो भने उनको स्लिपर नामक गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष ५ मा पर्न सफल भएको थियो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अलेसिया कारा | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | अलेसिया कारेसिलो |
जन्म | (1996-07-11) ११ जुलाई १९९६ (उमेर २७)[1] ओन्टारियो, क्यानडा |
उत्पत्ति | ओन्टारियो, क्यानडा |
विधा |
|
पेशा |
|
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | सन् २०१४–हाल |
लेबल | |
सहयोगी |
|
वेबसाइट | alessiacara |
काराले सन् २०१५ मा उनको "नो-इट-अल" नामक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरिएको थियो जुन क्यानडेली एल्बम चार्टमा शीर्ष ८ मा र अमेरिकी बिलबोर्ड २०० चार्टमा शीर्ष ९ मा आउन सफल भएको थियो।[7][8] उक्त साङ्गीतिक सङ्गालो "स्कार्स टु योर ब्युटिफुल" नामक एकल गीत सन् २०१६ मा अमेरिकी बिलबोर्ड हट १००को शीर्ष ८ भित्र पर्न सफल भएको थियो। सन् २०१७ मा काराले अमेरिकी सङ्गीतकार जेडसँग सहकार्य गर्दै "स्टे" नामक एकल गीत सार्वजनिक गरेकी थिइन् भने सोही वर्ष उनले एक अमेरिकी गायक लोजिकसँग सहकार्य गर्दै "१-८०-२७३-८२५४" नामक एक गीत सार्वजनिक गरेकी थिइन्।[9] कारा सन् २०१८ को ग्र्यामी पुरस्कारका लागि नव कलाकारको रूपमा मनोनीत भएकी थिइन्। उनको सन् २०१८ मा द पेइन्स अफ ग्रोइङ नामक दोस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक भएको थियो जसको "ट्रस्ट माई लोन्ली" र "ग्रोइङ पेइन्स" नामक गीतहरू सफल भएका थिए।