अर्जुननरसिंह केसी
नेपालका राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
अर्जुन नरसिंह केसी एक वरिष्ठ प्रभावसाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक हुन् । नेपाली राजनीतिका हस्ती मा. अर्जुन नरसिंह, बहुदल स्थापना पश्चात शान्ति समझौता र गणतान्त्रिक नेपालको स्थापनामा मुख्य भूमिका निर्वाहा गर्दे आएका छन् ।[1] पार्टीभित्र लोकप्रिय र संगठानका बाहुबली, उनले राष्ट्रियरुपमा नुवाकोटलाइ केन्द्रिय विकास योजनामा सम्हिलित गर्न तथा नुवाकोटका लागि कयौं समाबेसी र आर्थिक विकासका योजनाहरु क्याबिनेट र संसदबाट पारित गर्न सफल भएका छन् ।[2]
अर्जुन नरसिंह केसी | |
---|---|
सहरी विकास मन्त्री | |
कार्यकाल २०७३ भदौ १० – २०७४ जेठ १७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
व्यक्तिगत विवरण | |
जन्म | (1950-09-27) २७ सेप्टेम्बर १९५० (उमेर ७३) राउतबेसी नुवाकोट, नेपाल |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली काँग्रेस |
अभिभावक(हरू) | भगवान नरसिंह गौतम (बुबा) यशोदा देवी (आमा) |
शिक्षा | त्रिभुवन विश्वविद्याल (स्नातकोत्तर) टफटस विश्वविद्याल, अमेरिका (फेलोशिप) |
वेबसाइट | arjunnarasinghakc |
गत महाधिबेसनमा केसीले कोइराला–केसी–थापा क्याम्पको तयारीका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । केसीले पार्टीमा युवा नेतृत्व आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। सिङघेइ पार्टी पङ्ती भित्र २,६५० मत ल्याउन सफल, मा. अर्जुन नरसिंह कांग्रेस र कांग्रेसका कयौं भ्रात्रि संस्था भित्र बलियो संगठन हाक्दें आएका छन् । आफ्नो मन्त्रीकालमा उनले गरेका महत्त्वपूर्ण शिक्षा, स्वास्थ्य तथा सहरी विकासका योजनाहरु सन् २०२३ सम्म लागु हुदेइ आइरहेका छन्।
उनी नेपाली कांग्रेसमा सह-महामन्त्री र पार्टीका प्रवक्ता जस्तो महत्त्वपूर्ण भूमिका निभाएका छन्।[3] उनी अहिले संसद र पार्टीभित्र भ्रष्टाचार विरोधी कानुन, पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने केन्द्रीय कार्यसमितिका वरिष्ठ नेता हुन् ।