अफ्रिकाका सार्वभौम राष्ट्रहरू तथा आश्रित क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
यो अफ्रिकाका सार्वभौम राष्ट्र तथा आश्रित क्षेत्रहरूको सूची हो। यसमा पूर्ण मान्यता प्राप्त राष्ट्र, सीमित वा शून्य मान्यता भएका राष्ट्र र अफ्रिकी र गैर-अफ्रिकी दुवै राज्यहरूको आश्रित क्षेत्रहरू समावेश छन्। यसमा ५६ सार्वभौम राष्ट्रहरू (जसमध्ये ५४ संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू हुन्), गैर-अफ्रिकी सार्वभौम राष्ट्रहरूका दुई गैर-सार्वभौम (आश्रित) क्षेत्रहरू र गैर-अफ्रिकी सार्वभौम राज्यहरूका १० उप-राष्ट्रिय क्षेत्रहरू सूचीबद्ध छन्। माल्टा र फ्रान्स, इटाली, पोर्तगाल र स्पेनका केही भागहरू अफ्रिकी महाद्वीपीय प्लेटमा अवस्थित छन्। केही युरोपेली मुख्य भूमिभन्दा अफ्रिकी मुख्य भूमिको धेरै नजिक छन् जो राजनीतिक रूपमा, सामान्यतया प्रचलनद्वारा युरोपेली मानिन्छ। मिस्र सिनाई प्रायद्वीप हुँदै एसियासम्म फैलिएको भएतापनि यसलाई अफ्रिकी राष्ट्र मानिन्छ।