अन्नपूर्ण हिमाल
From Wikipedia, the free encyclopedia
अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ। यसमा रहेको एक हिमालयको उँचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर (२०,००० फिट) रहेको छ।[3] यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ। यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ। अन्नपूर्ण प्रथम हिमाल विश्वको दसौँ अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ।
अन्नपूर्ण | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ८,०९१ मी (२६,५४५ फिट) १०औँ क्रम |
प्रमुखता | २,९८४ मी (९,७९० फिट)[1][2] ९४औँ क्रम |
अभिभावक शिखर | चोयु |
भिन्नता | ३४ किमी (२१ माइल) |
सूची | आठ हजारी अल्ट्रा |
भूगोल | |
स्थान | गण्डकी प्रदेश, नेपाल |
हिमशृङ्खला | हिमालय |
आरोहण | |
पहिलो आरोहण | ३ जुन १९५० मौरिस हर्जोग र लुइस लाचेनल (पहिलो हिउँद सफल आरोहण ३ फेब्रुअरी १९८७ जर्जी कुकुज्का रा आर्टुर हाजेर) |
सबैभन्दा सजिलो मार्ग | हिउँ/हिउँको पहाड |
यो पुरै हिमाल समूह तथा यस आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ। यो नेपालको सबैभन्दा पहिलो र सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागि घर हो जसमा अन्नपूर्ण सर्किट पनि रहेको छ।
एतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागि विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो। सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यसपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ।[4] मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको सङ्ख्या १९१ रहेको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ।[5] यो शिखरसम्मको मृत्यु दर (३२%) रहेको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ। समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रहेको छ। सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गएका ३९ जनाको मृत्यु भएको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रहेको थियो।[6]
अन्नपूर्ण संस्कृत भाषाको नाम हो जसको अर्थ खाद्यन्यको भण्डार हुन्छ।